पहिलो विकेण्डमा फिल्म 'विक्रम वेधा'ले ४० करोड पनि कमाउन सकेन

काठमाडौँ - सैफ अली खान र ऋतिक रोशन स्टारर फिल्म विक्रम वेधाले आफ्नो पहिलो सप्ताहन्तमा ४० करोड कमाउन पनि असफल भएको छ।

फिल्मले सोचे अनुसार दर्शकको माया पाउन नसकेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। फिल्मले पहिलो दिन कूल १० करोड कमाएको थियो भने ट्रेड एनालिस्टले फिल्मले १५ देखि २० करोडको ओपनिङ गर्न सक्ने अनुमान गरेका थिए।

फिल्मले पहिलो दिन कुल १०.५८ करोड कमाएको थियो। योसँगै दोस्रो दिन फिल्मको कमाईमा केही वृद्धि भएको थियो र फिल्मले बक्स अफिसमा १२.५१ करोड कमाएको थियो। फिल्मले दर्शकको तर्फबाट पाइरहेको सकारात्मक प्रभाव र समीक्षकबाट पाएको प्रशंसाबाट केही फाइदा पाएको थियो।

फिल्मले तेस्रो दिन पनि बक्स अफिसमा करिब १५ करोड कमाएको थियो। बक्स अफिस इन्डियाका अनुसार फिल्मले आइतबार १४ देखि १५ सम्मको कमाई गरेको थियो। यस अनुसार फिल्मको पहिलो साताको कमाई करिब ३८ करोड रहेको छ। ठुलो बजेटमा बनेको यस फिल्मले बक्स अफिसमा गरेको यो प्रदर्शनले निर्मातालाई ठुलो घाटा लाग्ने बताइएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×