रिहा भए धर्मगुरु श्रीनिवास आचार्य

काठमाडौँ - विवादस्पद भाषण दिएपछि पक्राउ परेका धर्मगुरु श्रीनिवास आचार्यलाई धनुषा प्रहरीले रिहा गरेको छ। सुनसरीमा पक्राउ परेका धर्मगुरु श्रीनिवासलाई बुधबार जनकपुरधाम स्थित जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको थियो।

बिहीबार जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा दर्ता गरी तीन दिनसम्म थुनामा राख्न आदेश दिएको घन्टौँ नवित्दै उनलाई रिहा गरिएको हो।

जिप्रकामा बयान लिएपछि उनलाई साँझमा कानूनी प्रक्रिया पुरा गराएर रिहा गरिएको हो। धर्मगुरु श्रीनिवास रिहा भएपछि रामानन्दिय बैष्णव संघले भव्य स्वागत गरेका छन्।

रामानन्दिय बैष्णव संघका अध्यक्ष रामरोशन दास वैष्णवले सनातन धर्मगुरु श्रीनिवासालाई रिहाई नगरिएको भन्दै आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए।

जनकपररधाम स्थित धार्मिक र्यालीमा श्रीनिवासले गौहत्या गर्नेहरु विरुद्ध चर्को अभिव्यक्ति दिँदै बोल्ने क्रममा खुकुरी देखाउँदै हत्या गर्ने चेतावनी दिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×