भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, अर्का एकजना घाइते

काठमाडौं । गएराति भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।

गत राति सवा १ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ नयाँ ठिमीमा गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिपरे पछाडिबाट ठक्कर दिएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका १ घर घई हाल भक्तपुरको कमलविनायक बस्ने २१ वर्षीय सुवास तामाङको मृत्यु भएको भक्तपुर प्रहरी जनाएको छ ।

तामाङको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो।

टिपरको ठक्करबाट मोटरसाइकल पछाडि सवार काभ्रे घर भई कमलविनायक बस्दै आएका २० वर्षीय सन्जिव थापामगर घाइते छन् ।

उनको उपचार मध्यपुर अस्पताल ठिमीमा भइरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×