स्याङ्जामा श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

स्याङ्जा - स्याङ्जाको पुतलीबजार नगरपालिका–८ मा ४२ वर्षीया मञ्जु दमाईको हत्या भएको छ। हत्या आरोपमा उनका पति ४० वर्षीय गोपाल दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रबिन्द्र खनालले बताए।

भदौ १४ मा गोपालले कुटपिट गरेर टाउकोमा समेत हिर्काएपछि गम्भीर घाइते भएकी मञ्जुलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरामा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। 

मञ्जुको मृत्युपछि पक्राउ परेका पतीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×