काठमाडौँ -बंगलादेशमा जारी यु-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दैछ।
नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे शुरु हुनेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ।
नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग नोभेम्बर ९ र नोभेम्बर ११ मा खेल्नेछ।