मधेश प्रदेश सरकारले बुधबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ। गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले आफ्नै दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। स्रोतका अनुसार आजै सम्बन्धित दलहरूबाट मन्त्री नियुक्त गरी सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ। मुख्यमन्त्री कार्यालयका अनुसार मन्त्रिपरिषद् विस्तारपछि प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।