पीडितको बयान: सन्दीपले २ वटा कोठा लिन मानेनन्, २ पटकसम्म बलात्कार गरे

काठमाडौँ - राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीमा किटानी दर्ता भएको छ। प्रहरी वृत्त गौशालामा मंगलवार साँझ लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहराले प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको लोकान्तरलाई जानकारी दिएका छन्। उनका अनुसार, पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत गरिसकिएको छ।

पक्राउ पुर्जी जारी गर्ने नगर्ने भन्ने बारे केही समयपछि मात्रै भन्न सकिने प्रहरीले बताएको छ। गौशाला प्रहरी स्रोतका अनुसार, काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेको ‘फ्यान’ थिइन्।

सामाजिक सञ्जाल स्न्यापच्याटमार्फत उनीहरूबीच कुराकानी हुने गरेको थियो। स्न्यापच्याटमार्फत नै  लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए। स्न्यापच्याट पछिल्लो समय लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल हो। यसमा पठाएको सम्वाद हेर्ने बित्तिकै आफ्नै डिलिट हुने विकल्प हुन्छ।

उनीहरूबीच पनि कुराकानीको माध्यम स्न्यापच्याट नै भएको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको गौशाला प्रहरी स्रोत बताउँछ। उनीहरूबीचको घटना लामिछाने केन्या जानु अघिल्लो दिनको रहेको बताइएको छ। सो दिन लामिछाने युवतीलाई लिन आफ्नो कारमा मध्यबानेश्वरस्थित होस्टल नजिक पुगेका थिए।

त्यसपछि उनीहरू नगरकोट घुम्न गएको र फर्कन ढिला भइसकेको थियो।‘उताबाट फर्किएर आउँदा मध्यराति भइसकेको थियो,’ पीडितको भनाइ उदृत गर्दै गौशाला प्रहरीका एक अधिकृतले भने।

त्यसपछि राति ११ बजेपछि सन्दीपले होटलमा बस्न पीडित बालिकालाई प्रस्ताव गरेको बताइएको छ। होस्टल पनि बन्द भइसकेपछि पीडित युवती उनीसँग होटलमा बस्न बाध्य भएको प्रहरी स्रोतले बताएको छ। त्यसपछि उनीहरू पिंगलास्थिानस्थित होटलमा बसेका थिए। होटलमा २ वटा कोठा लिन पीडितले भनेपनि सन्दीपले नमानेको जाहेरीमा उल्लेख गरिएको छ।

त्यसपछि राति लठ्याएर २ पटकसम्म लामिछानेले पीडित बालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीको भनाइ छ। प्रहरीले अहिले पिंगलास्थान र नगरकोटमा गएको होटलको सीसी टिभी फुटेज संकलन गर्न थालेको जानकारी दिएको छ।  
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×