भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति सन्तोषजनक

काठमाडौँ - राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले हालसम्म ५३ प्रतिशत प्रगति हासिल गरेको छ।

कोरोना भाइरस महामारीमासमेत काम नरोकेको आयोजनाले तोकिएको समयमा काम सम्पन्न गर्न सिभिल निर्माण कार्यलाई तीव्रता दिएको छ। हाल बाँध (हेडवक्र्स) र विद्युत्गृह (पावरहाउस) निर्माण, हाइड्रो मेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (ईएम)सम्बन्धी डिजाइनका काम भइरहेको आयोजनाले जनाएको छ। आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इञ्जिनीयर लेखनाथ सुवेदीले बाँध र विद्युत्गृहका लागि आवश्यक पर्ने हाइड्रो मेकानिकल र इलेक्ट्रोमेकानिकल तर्फका खरिद सम्झौता सम्पन्न भई डिजाइनको काम थालिएको बताए। “समग्रमा आयोजनाको प्रगति ५३ प्रतिशत भएको छ, दोस्रो चरणको सिभिल निर्माणका काम पनि झण्डै ४० प्रतिशत सम्पन्न भएको अवस्था छ”, उनले भने, “तोकिएको समयमै सम्पन्न गर्न दोस्रो र तेस्रो चरणका कार्य अघि बढाइएको छ।”

आयोजनाले दोस्रो चरणमा सिभिल संरचना जसअन्तर्गत हेडबक्स, पावर हाउस (विद्युत् गृह), बाँध (कफर ड्याम), सर्ज साफ्टत थाहा इड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी कार्यलाई तेस्रो चरणमा काम अघि बढाएको हो। पहिलो चरणमा सुरुङको निर्माण कार्य तोकिएको समयभन्दा एक वर्ष अगावै सम्पन्न भइसकेको थियो। उनका अनुसार सिभिल निर्माणअन्तर्गत बबई हात्तीखोलमा विद्युतगृह निर्माणको जग खन्ने काम भइरहेको छ। “सुरुमा मुआब्जा विवादले पनि आयोजनाको काममा केही ढिलाइ भयो”, सिनियर डिभिजनल इञ्जिनीयर सुवेदीले भने, “स्थानीयवासीले रोजगारी मागेपछि पनि विवादले केही दिन काम रोकिएको थियो।” अहिले योजनाका काम भइरहेको उनको भनाइ छ। आयोजनाको कुललागत रु. ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म रु. १४ अर्ब बढी रकम भइसकेको छ। सरकारले आयोजना काला गिचालू आवमारु तीन खर्ब ४ करोड ६ लाख बजेट पुँजीगत तर्फ विनियोजन गरेको छ। आयोजनाले पहिलो चरणअन्तर्गत सुरुङ निर्माण कार्य पूरा गरिसकेको छ।

चिनियाँ कम्पनी चाइना इञ्जिनीयरङ ओभरसिजप्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) का सहायताले सुरुङ निर्माण गरेको थियो। दोस्रो चरणका मुख्य काम बाँध र विद्युत्गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो। कम्पनीले दोस्रो चरणका सबै कार्य आर्थिक वर्ष २०७९-८० मा सम्पन्न गर्ने कार्यादेश पाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×