आजको मौसम पुर्वानुमान

काठमाडौँ - काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ। आज दिउँसोको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ।

बेलुकीपख भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिएका छन्। उनको अनुसार भोलिदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। भोलि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ। भरे बेलुकादेखि नै बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको असर देखिन थाल्ने उनले बताएका छन्।

यो प्रणाली पूर्वी क्षेत्र हुँदै भोलि मध्य क्षेत्रमा फैलिने र पर्सि पश्चिमी क्षेत्रमा फैलिने सम्भावना रहेकाले देशका धेरै ठाउँमा भोलिदेखि वर्षा हुने मौसमविद्ले बताएका छन्। भोलिदेखि १ हप्तासम्म नै पानी पर्ने सम्भावना रहेकाले यो अवधिमा सावधानी अपनाउन मौसमविद्को आग्रह छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×