तिङ्करमा सकियो मतदान, छाङ्गरुमा सकिँदै

काठमाडौं - दार्चुलाको व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । तिंकरमा १३६ जनाले मतदान गरेका छन् । मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन् । तिंकर मतदान केन्द्रमा १११ पुरुष र १२० महिला गरी २३१ जना मतदाता रहेका थिए ।

व्याँस–१ कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ । दिउँसोसम्म छांगरुमा २०९ ले मतदान गरेका छन् । यस केन्द्रमा ३७५ जना मतदाता छन् ।

यी दुवै गाउँका मतदाता एक साताअघि मात्रै भारतीय बाटो हुँदै छाङ्गरु तिंकर बसाई सरेका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×