एक केजी ९५० ग्राम चाँदीसहित एक जना किशोर पक्राउ

सर्लाही - कम्मरमा लुकाई ल्याएको करिब १ केजी ९ सय ५० ग्राम चाँदी लगायतका विभिन्न सामानसहित भारत सितामढी बसतपुर ग्राम पंचायत–७ बस्ने १९ वर्षीय लभ दासलाई मलंगवा नगरपालिका–८ लचकाबाट बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो ।

उनको साथबाट चाँदीको सिक्का २० थान, हनुमानी १ थान, औंठी ८ थान, पायल–४ जोर, ब्रासलेट १ जोर, प्लेट २ थान, गणेश र लक्ष्मीको मूर्ती ११ थान, सिक्री ३७ थान गरी उक्त तौलको चाँदीका सामान बरामद भएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×