एजेन्सी । जर्मनीको लेक्चर हलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा थुप्रै घाइते जर्मनीको दक्षिणपश्चिमी शहर हाइडेलबर्गको लेक्चर हलमा बन्दुकधारीले गोली चलाउँदा धेरै व्यक्तिहरू घाइते भएको जनाइएको छ । प्रहरीले आक्रमणकारी मारिएको पनि जानकारी दिएको स्पुतनिकले सोमबार उल्लेख गरेको छ ।
जर्मनीको म्यानहेम प्रहरीले एउटा लेक्चर हलमा बन्दुक बोकेका एक एक्लो आक्रमणकारीले धेरैलाई घाइते बनाएको बताएको छ । प्रहरीले बन्दुकधारी हमलाको क्रममा हाइडेलबर्गमा अपरेशन गरेको जानकारी दिएको र घटनामा धेरै व्यक्ति घाइते भएको स्पुतनिकले जनाएको छ ।
"एक आक्रमणकारीले एक व्याख्यान हलमा बन्दुक प्रयोग गरेर धेरै मानिसहरूलाई घाइते बनाएको छ। ऊ मारिएको छ," प्रहरीले ट्वीट गरेको छ ।