एस्टन भिल्लासँग पराजित नर्विच रेलिगेसनमा

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत गए रातिको खेलमा नर्विच सिटी घरेलु टोली एस्टन भिल्लासँग २–० ले पराजित भएको छ। यो हारसँगै नर्विच रेलिगेसनमा परेको छ।

अब उसले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ। भिल्ला पार्कमा एस्टनलाई जित दिलाउन ओली वाट्किन्स र ड्यानी इन्ग्सले एक–एक गोल गरेका थिए।

खेलको ४१ औं मिनेटमा वाट्किन्सले एस्टनलाई अग्रता दिलाएका थिए। थप गरिएको समयमा इन्ग्सले गोल गरेपछि  घरेलु टोलीले २–० को सहज जित निकालेको हो। 

जितसँगै एस्टन ३३ खेलमा ४० अंक जोडेर १३ औं स्थानमा उक्लिँदा पराजित नर्विच ३४ खेलबाट २१ अंकका साथ पुछारमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×