प्रतिनिधि सभा विघटनपछि संघीय संसद्मा ३० विधेयक निष्कृय

काठमाडौं। प्रतिनिधि सभा विघटन भएसँगै संघीय संसद्मा विचाराधीन ३० वटा विधेयक निष्कृय भएका छन्।

संविधानअनुसार, प्रतिनिधि सभा विघटन भएपछि प्रतिनिधि सभामा उत्पन्न भएका र राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेका दुवै प्रकारका विधेयक निष्कृय हुन्छन्। तर, राष्ट्रिय सभामा उत्पन्न भएका र राष्ट्रिय सभामै रहेका विधेयक भने निष्कृय हुँदैनन्।

विधायन व्यवस्थापन समितिका सचिव मनोजकुमार गिरीका अनुसार, राष्ट्रिय सभामा बाँकी रहेका पाँच विधेयक छन्:

  • अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक

  • चलचित्र विधेयक

  • पर्यटन विधेयक

  • सामाजिक सञ्जाल विधेयक

  • राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक

त्यस्तै, राष्ट्रिय सभामा उत्पन्न भएर पारित भएका सात वटा विधेयक पनि प्रतिनिधि सभामा पुगेपछि निष्कृय भएका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×