छायांकनमा ‘महापुरुष’

काठमाडौँ - हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म  ‘महापुरुष’ को छायांकन सुरु भएको छ। शुक्रबारदेखि फिल्मको छायांकन सुरु गरिएको हो । ४ औँ दिनको सेड्युल लिएर छायांकनमा निस्किएको फिल्ममा धुम्बाराहीमा महजोडीको दृश्य छायांकन गरिएकाे हाे।

प्रदीप भट्टराईले निर्देशन गरिरहेको फिल्ममा महजोडीसहित अरुण क्षेत्री, अन्जना बराइली, बानियाँ, गौरी मल्ल, राजाराम पौडेल लगायतको अभिनय रहेकाे छ। सोसल ड्रामामा समाजले मान्छेलाई महापुरुष बनाउने स्थिति व्यंग गरिने छ। फिल्म बाबु-छोराबिचको सम्बन्धमा आधारित छ।

लगातार तीन फिल्ममा आफूलाई बक्स अफिसमा प्रमाणित गरेका निर्देशक भट्टराई ब्राण्ड भन्दा बाहिर सफल हुन्छन् या हुँदैनन् ? यो जिज्ञासा यथावत् नै छ। त्यसैले पनि यसपटक प्रदीपलाई सफलताको प्रेसर बढ्दो छ।

यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन्।।चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×