काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार ९०० रुपैयाँले घट्दै तोलामा २ लाख १५ हजार २०० रुपैयाँ पुगेको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार तोलामा २ हजार ५५० रुपैयाँ रहेको चाँदी बिहीबार घटेर तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको मूल्य र विनिमय दरमा आएको उतारचढावसँगै नेपालमा पनि हेरफेर हुने गर्दछ।