मदनकृष्णले मन पराए ‘हेल्लो जिन्दगी’, यस्तो छ उनको प्रतिक्रिया

काठमाडौँ – शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘हेल्लो जिन्दगी’ ले फिल्मकर्मीबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ।

शुक्रबार ललितपुरको लबिम मलमा ‘हेल्लो जिन्दगी’ हेरेपछि वरिष्ठ अभिनेता मदन कृष्ण श्रेष्ठले आफूलाई फिल्म मन परेको प्रक्रिया दिए। ‘फिल्म राम्रो बनेको छ, कतै नअल्झीकन कथा बगेको छ। विदेशमा बस्नेहरूको समस्या पनि देखाइएको छ,’ उनले भने,‘कतै ध्यान नदिई हेरें। सबैलाई हेर्न आग्रह गर्दछु।’ उनले फिल्मले मनोरञ्जनका साथै मिठो सन्देश पनि प्रवाह गरेको बताए।

बोहरा निर्देशित फिल्ममा बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, मनोज केसी, ध्रुव दत्त, कुमुद पन्तलगायतले अभिनय गरेका छन्। सत्य घटनाहरुबाट प्रभावित फिल्मको निर्मातामा बिक्रम डि जोशी र हिराल जोशी छन् कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन्। 

निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा, निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा/सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन्। काठमाडौँ, मुस्ताङ र युकेका विभिन्न स्थानमा खिचिएको फिल्मलाई आरआर फिल्मस्‌ले वितरण गरेको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×