प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको भेट जारी

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता जारी छ। भेटमा उनीहरुबीच संसद्को अवरोध हटाउने र एमसिसी सम्झौतालाई निष्कर्षमा पुर्याउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन्। यसअघि आजै प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच संसद् भवन नयाँबानेश्वरमा ‘वान टु वान’ र शीर्ष नेताको तहमा छलफल भएको थियो।

संसद्मा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबुल भएको एमसिसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले दलीय परामर्शलाई तीव्र परेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×