भारतमा कोभिड संक्रमणको खतरा दोस्रो लहरमा जति नरहेको दाबी

काठमाडौँ - कोभिडबाट भारतमा मुत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो।

सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको हो। सो मन्त्रालयले शनिबार यहाँ कोभिडबाट १ हजार ५९ जनाको ज्यान गएको पनि बताएको छ। केही हप्ता यता संक्रमणको संख्यामा कमी आए पनि मृत्यु भने घटेको छैन। शनिबार मात्र त्यो भन्दा अघिको २४ घन्टामा १ लाख २७ हजार जनामा कोभिडको संक्रमण पाइएको पनि सो समाचरमा जनाइएको छ। भारतका अधिकारीहरूका अनुसार अहिलेसम्म भारतमा कोभिड १९ बाट ४ करोड २० हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।

भारतमा पछिल्ला समयमा ओमिक्रोनको संक्रमण बढेको हो। तर, यसअघिको दोस्रो वेभमा डेल्टा भाइरसको संक्रमणका समयमा भन्दा बढी खतरनाक अवस्था भने नरहेको बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×