काठमाडौँ - २०१८ देखि सुरु भएको फिल्म ब्रह्मास्त्रको शूटिङ अन्ततगत्व ४ वर्ष पछि सकिएको छ। रणवीर कपुर र आलिया भट्टको प्रमुख भूमिका रहेको यस फिल्मको अन्तिम शेड्युलको लागि पछिल्ला समय उनीहरु बनारस पुगेका थिए।
आलियाले आफ्नो सामाजिक संजाल इन्स्टाग्राम मार्फत शूटिङ सकिएको जानकारी दिएकी थिइन्। उक्त जानकारी सहित उनले एउटा ड्रोन भिडियोको क्लिप समेत शेयर गरेको थिइन्। यससँगै उनले अर्को पोस्टमा एउटा फोटो पनि सार्वजनिक गरेकी छिन् जसमा रणवीर, आलिया र फिल्मका निर्देशक अयान मुखर्जीलाई एकसाथ देख्न सकिन्छ।
फिल्म शूटिङ सकिएको जानकारी दिँदै उनले भनेकी छिन्, "हामीले २०१८मा शूटिङ सुरु गरेका थियौँ अब ... अन्ततगत्व... ब्रह्मास्त्र (भाग एक)को शूटिङ सकिएको छ। म लामो समयदेखि यो जानकारी दिन चाहन्थे। शूटिङ सकियो। ०९.०९.२०२२का दिन सिनेमाघरहरुमा भेटौँला।"