कान्टेलाई भित्र्याउने आर्सनलको चाहना

काठमाडौँ - इंग्लिस क्लब आर्सनलले प्रिमियर लिगको प्रतिद्वन्द्वी चेल्सीका मिडफिल्डर एन्गोलो कान्टेलाई भित्राउन इच्छा देखाएको छ। फ्रेन्च मिडफिल्डर कान्टे र चेल्सीबीचको सम्झौता अझै १ वर्ष बाँकी नै रहेको छ।

सन् २०१६ मा अर्को इंग्लिस क्लब लेस्टरसिटीबाट स्टामफोर्ड ब्रिज भित्रिएका कान्टे क्लबका प्रमुख खेलाडी रहेका छन्। 

चोटका कारण उनले गत सिजन चेल्सीबाट प्रिमियर लिगमा २१ खेल मात्र खेलेका थिए। आर्सनलका प्रशिक्षक मिचेल अर्टेटा कान्टेलाई अनुबन्धन गर्न इच्छा देखाएका हुन्। उनी हाल प्रि-सिजनका लागि अमेरिका भ्रमणमा रहेको चेल्सीको टोलीमा सहभागी छैनन्। क्लबका मुख्य प्रशिक्षक थोमस टुचेलले भने तत्काल कोन्टेलाई बेच्ने सोचमा नरहेको बताएका छन्।

कान्टेले चेल्सीका लागि १५३ प्रिमियर लगि खेलमा ११ गोल गरेका छन्। फ्रान्सका लागि ५३ खेलमा दुई गोल गरेका छन्।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×