तान्जानियामा सडक दुर्घटनामा १४ जनाको मृत्यु, २२ घाइते

डोडोमा। दक्षिणी तान्जानियामा एउटा कार भीडमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको राष्ट्रपति कार्यालयले सोमबार जनाएको छ। प्रहरीका अनुसार दक्षिणपूर्वी मटवारा क्षेत्रको लिदुम्बे गाउँमा आइतबार अबेर राति उक्त दुर्घटना भएको हो। दुर्घटनाको कारण तीव्र गति रहेको र चालकले नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको बताइएको छ। तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×