काठमाडौँ - अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार वासिङ्टनले रुसलाई प्रतिबन्धबाट बाहिर निस्कन वा ब्ल्याकमेल गर्न नदिने बताएका छन्।
रुबलमा ग्यास तिर्न अस्वीकार गरेपछि रुसको ऊर्जा कम्पनी ग्याजप्रोमले बुधबार पोल्याण्ड र बुल्गेरियालाई प्राकृतिक ग्यास आपूर्ति कटौती गरेपछि वासिङ्टनको यो टिप्पणी बाहिर आएको हो।
‘हिजो रुसले हाम्रा दुई सहयोगीहरूलाई ऊर्जा आपूर्ति बन्द गर्ने धम्की दियो। मलाई स्पष्ट पार्न दिनुहोस्, हामी रूसलाई जारी प्रतिबन्धबाट बाहिर निस्कन वा ब्ल्याकमेल गर्न दिनेछैनौं’, राष्ट्रपति बाइडेनले ट्वीटमा उल्लेख गरेका छन्।
‘अमेरिकी राष्ट्रपतिले वाशिंगटनले रूसबाट ग्यास ब्ल्याकमेलको धम्की दिएका युरोपेली सहयोगीहरूलाई मद्दत गर्न अन्य राष्ट्रहरूसँग काम गरिरहेको छ,’ भनेका छन्।
‘हामी अन्य राष्ट्रहरूसँग काम गर्दैछौं, जस्तै दक्षिण कोरिया, जापान र कतार, जसले ग्यास ब्ल्याकमेलबाट रूसले धम्की दिएका हाम्रा युरोपेली सहयोगीहरूलाई उनीहरूको ऊर्जा आवश्यकताहरू अन्य तरिकावाट पूरा गर्न मद्दत गर्ने हाम्रो प्रयास रहन्छ।’ ट्वीटमा थप भनिएको छ।
मार्च ३१ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमित्रू देशहरूमा दर्ता भएका कम्पनीहरूसँग ग्यास आपूर्तिको लागि सबै सम्झौताहरू रूबलमा गर्ने गरी एक आदेशमा हस्ताक्षर गरेका थिए।
मिडिया रिपोर्टहरूले जनाएअनुसार केही युरोपेली ग्यास खरीदकर्ताहरूले रूसले माग गरेअनुसार रुबलमा आपूर्तिको लागि भुक्तान गरिसकेका छन्।
बुधवार, युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनका अनुसार रूसी ऊर्जा प्रदायक ग्याजप्रोमको बुल्गेरिया र पोल्याण्डलाई ग्यास आपूर्ति निलम्बन गर्ने निर्णय ब्ल्याकमेलको अर्को प्रयास हो।