कैलालीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

कैलाली - कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका-३ हुलाकी राजमार्गअन्तर्गत बेलाबोजी भन्ने ठाउँमा सुपप्र ०१००८ प ४७२३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका चालक टीकापुर नगरपालिका-६ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर चौधरीको शनिबार राति ज्यान गएको हो।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×