‘सारेगमप लिटल च्याम्प’ नेपालको पहिलो विजेता बनिन् कृपा पौडेल

काठमाडौँ - ‘सारेगमप लिटल च्याम्प’ नेपालको पहिलो संस्करणको उपाधि झापाकी कृपा पौडेलले जितेकी छन्। उपाधिसँगै कृपाले नगद १६ लाख रुपैयाँ हात पारेकी छन्। 

‘शो’को फस्ट रनरअप पनि झापाकै रोशा फुँयाल भएकी थिइन् भने दोस्रो रनरअप भारत सिलगुडीका आदित्य विश्वकर्मा भएका छन्। पहिलो र दोस्रो रनरअपले क्रमश सिद्धार्थ बैंकका तर्फबाट क्रमश: ४ लाख र ३ लाख रुपैयाँ पाएका छन्। 

नोवडी प्रोडक्सनले भारतको जी ग्रुपसँग फ्रेन्चाइजी लिएर नेपाल भित्र्याएकाे रियालिटी शोको अन्तिम प्रतिस्पर्धासम्म पुगेका पर्वतका अरुण परियार र भक्तपुरकी अविक्षा घिमिरेले कुनै उपाधी हात पार्न नसकेता पनि उत्कृष्ट पुरस्कारहरु भने जितेका छन्। कार्यक्रमको अन्तिम ५ प्रतिस्पर्धीलाई ३/३ वटा गीत रेकर्ड तथा म्युजिक भिडियो, नेपालका साथै वर्ल्ड टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था आयोजकले मिलाउने भएको छ।

कार्यक्रमको निर्णायकमा न्ह्यु बज्राचार्य, शम्भुजित कालीप्रसाद बाँस्काेटा र इन्दिरा जोशी थिए। त्यस्तै १५ जना चर्चित गायक पनि ग्रान्ड जुरीको भूमिकामा थिए। १८ हप्ता चलेको यो प्रतियोगीतामा १६ वर्ष मुनिका बालबालिकाले सहभागिता जनाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×