मस्तिष्काघातका लक्षण के हुन् र कसलाई हुन सक्छ?

काठमाडौँ । चिकित्सकका अनुसार मस्तिष्काघात हुँदाउभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने, एक्कासी मुख एकातिर बाँङ्गीने,हातखुट्टामा कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरिररको एक भाग (हर) कमजोर हुन सक्छ । ती लक्षण पहिचान गर्न चिकित्सकले छोटकरीमा ‘बि–फास्ट’अर्थात् (सन्तुलन नहुन, रिङ्गटा लाग्नु, आँखा धमिलो देख्नु, अनुहार बाङ्गिनु, हातखुट्टा लुलो हुनु, बोली लरबराउनु, बोल्न नसक्नु, समय खेर नफाली अस्पताल पुर्‍याउनु) नामकरण गरेका छन् ।

५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप भएका , धूम्रपान र मद्यपान सेवन गर्ने व्यक्ति, मधुमेह, उच्च कोलस्टेरोल भएका, तनावपूर्ण जीवनशैली जीउने व्यक्ति, मुटु तथा रक्तसञ्चार सम्बन्धी समस्या भएका, परिवारमा मस्तिष्कघातको इतिहास भएका तथा हालसालै अथवा पुरानो मस्तिष्क सङ्क्रमणले ग्रस्त बिरामीलाई यसको जोखिम हुनसक्ने जनाइएको छ ।

डा फुयालका अनुसार मस्तिष्कघात दुई किसिमले हुन सक्छ । एक मस्तिष्कभित्रको रक्तनलीमा रगतको थेग्लो जमेर र अर्काे मस्तिष्कमा रगत आपूर्ती गर्ने धमनिहरु फुटेर । दुर्भाग्यवश पक्षाघातको रोकथाम एवं उपलब्ध सेवाहरुको सम्बन्धमा जानकारी न्यून भेटिएको छ । तसर्थ हामीले त्यस दिशामा ध्यान पुर्‍याउन आवश्यक छ ।

अस्पतालका कार्यकारी अध्यक्ष प्राडा दीक्षितले भने, “प्राडा उपेन्द्र देवकोटाले यस अस्पतालको संस्थापनका उद्देश्यमा ‘पक्षाघात तथा विकलाङ्गताका रोकथाममा समर्पित संस्था’ भनि प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँकै मार्गदर्शनमा नेपालकै पहिलो एएसयू. (एक्यूट स्ट्रोक यूनिट) को स्थापना र वाईप्लेन क्याथल्यावको उपलब्धताले अन्तराष्ट्रिय स्तरको पक्षाघातको पूर्ण सेवा यस अस्पतालमा सम्भव भएको छ । यही नै हाम्रो संस्थापक प्रति हाम्रो सच्चा श्रद्धाञ्जली हो ।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×