काठमाडौँ– थलापति विजय स्टारर भारतीय फिल्म ‘लियो’ले विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो एक्सन–थ्रिलरले जवान, आदिपुरुष र जेलरको पहिलो दिनको कमाइलाई पनि उछिनेको छ ।
बलिउडको कमाइबारे अध्ययन गर्ने एजेन्सी स्याकलिंकका अनुसार ‘लियो’ले विश्वव्यापी १४० करोड भारुको ओपनिङ गरेको छ । यसको डेब्यु ओपनिङ १४५ करोड भारु हुन सक्छ । प्रभास स्टारर ‘आदिपुरुष’ले पनि यही कमाइबाट यात्रा थालेको थियो तर पहिलो सप्ताहन्तपछि यसले कमाउन सकेन ।
फिल्मले घरेलु बजारमा ६३ करोड भारु कमाएको छ । भारतभर ७४ करोड भारु कमाएको छ । यी दुवै आँकडा जवानभन्दा कम छन् । अभिनेता विजयका लागि पकेट क्षेत्र मानिने तमिलनाडुमा बिहानी शो भने थिएनन्, यद्यपि यसले ३० करोड भारु कमायो ।
आन्ध्र प्रदेश-तेलंगाना बजारमा १५ करोड भारु कमाइ भएको थियो । कर्नाटकमा फिल्मले ओपनिङ दिनमा १४ करोड कमाएको थियो भने केरलामा लियोले ११ करोड कमाउन सक्यो ।