काठमाडौँ - इभान टोनीको दुई गोल प्रेरित ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिग फुटबलमा शुक्रबार राति ब्राइटनलाई २-० ले पराजित गरेको छ। खेलको २७औं मिनेटमा इभानले सुरुवाति गोल गरेका थिए।
दोस्रो गोल खेलको ६४औं मिनेटमा पेनाल्टी मार्फत गरेका थिए। जितसँगै १० खेलबाट १३ अंक जोडेको ब्रेन्टफोर्ड तालिकाको आठौं स्थानमा रहेको छ। पराजित ब्रेन्टफोर्ड ९ खेलबाट १४ अंकसाथ सातौं स्थानमा रहेको छ।