सरकारी नियम नआएसम्म दिल्लीमा बाइक–ट्याक्सी सेवामाथि रोक

काठमाडौँ - भारतको सर्वोच्च अदालतले सोमबार दिल्लीमा बाइक–ट्याक्सी एग्रीगेटर उबर, ओला र र्‍यापिडोलाई प्रतिबन्ध लगाएको छ। दिल्ली सरकारले सान्दर्भिक नियम नबनेसम्म दिल्लीमा बाइक–ट्याक्सी सेवा प्रतिबन्धित रहने अदालतले जनाएको हो।

न्यायाधीश अनिरुद्ध बोस र न्यायमूर्ति राजेश बिन्दलको इजलासले नयाँ नीति नआएसम्म बाइक–ट्याक्सी सञ्चालकविरुद्ध कुनै कारबाही नगर्न दिल्ली उच्च अदालतको मे २६ को आदेशलाई उल्टाएका छन्। दिल्ली सरकारका वकिल मनिष वशिष्ठले अदालतलाई मोटर वाहन ऐन, १९९८ अन्तर्गत प्रासंगिक दिशानिर्देशहरू र २०२० को संशोधित दिशानिर्देशहरू जुलाई ३१ सम्ममा सूचित गरिने जानकारी दिएका थिए। 

यता बाइक–ट्याक्सी व्यवसायीले दिल्ली सरकारले नीति नबनाएसम्म बिना लाइसेन्स चलाउन दिनु पर्ने माग गरेका छन्। १९ फेब्रुअरी २०२३ मा दिल्ली सरकारले एक सार्वजनिक सूचना जारी गरेको थियो। यससँगै दिल्लीमा बाइक ट्याक्सीमाथि प्रतिबन्ध लगाइएको छ। र्‍यापिडो र उबर यसविरुद्ध उच्च अदालत गएका थिए। उच्च अदालतले २१ फेब्रुअरीमा कारण देखाउ आदेश जारी गर्दै र्‍यापिडो र उबरलाई दुई पाङ्ग्रे गैर-ट्राफिक सवारीहरूको सञ्चालनको लागि अन्तिम नीति अधिसूचित नभएसम्म दिल्लीमा सञ्चालन गर्न अनुमति दिएको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×