'नीति र विधिअनुसार अगाडि बढौँ' -मन्त्री विष्ट

काठमाडौँ - कर्णाली प्रदेशमा आज मंगलबार प्रदेशसभा समितिको पहिलो बैठक सम्पन्न भएको छ।

सो बैठकमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समिति अध्यक्ष एवं पूर्वकृषिमन्त्री विमला केसीले राष्ट्रिय राजनीति नै माओवादीको एजेण्डामा चलिरहेको जिकिर गरेकी छन्। “माओवादीको नीति, विचार र एजेण्डामा सिङ्गो मुलुक हिँडेको छ”, उनले भनेकी छन्, “नेतृत्व माओवादीको नहुँदा मुलुक आज समस्यामा छ।” कर्मचारी प्रशासनसम्बन्धी कस्तो नीति हुने भन्ने विषयमा आवश्यक छलफल हुन जरुरी रहेको उनको भनाइ छ। अध्यक्ष केसीले सङ्गठनको नाममा बाठाकै रजाइँ भएको टिप्पणी गर्दै अरूले जे गर्छन् त्यही गर्ने शैलीले माओवादी फरक हुन नसक्ने बताए। सरकारलाई सफल बनाउन र राज्यले अख्तियार गरेका नीति कार्यान्वयनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष केसीको भनाइ छ। 

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले मुलुकको विकास र समृद्धिका लागि कर्मचारी र नेतृत्वबीच अकाट्य सम्बन्ध हुनुपर्ने बताएका छन्। “हामी आ–आफ्नो भूमिकाको समीक्षा गरौँ। नीति र विधिमा टेकेर मात्र अगाडि बढौँ”, उनले भने, “अब पार्टी सङ्गठन निर्माण व्यवस्थित हुने कार्य सुरु हुन्छ।” राष्ट्रिय कर्मचारी महासङ्घ कर्णाली प्रदेश समितिको ‘प्रथम बैठक’ को उद्घाटन गर्दै मन्त्री विष्टले कर्मचारीको अवस्थामा नेतृत्वको चासो रहनुपर्ने बताएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×