प्रदेश ब्याडमिन्टनमा ८७ टिम भिड्ने

कास्की - गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताका तयारी पूरा भएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कास्की जिल्ला ब्याडमिन्टन संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो।

चार विधामा प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रतियोगिताको पुरुष एकल प्रतिस्पर्धामा २९, पुरुष युगलतर्फ ४२ टिमको सहभागिता रहनेछ। यस्तै, महिला एकलतर्फ र युगलतर्फ ८-८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक अमृत पोख्ररेलले जानकारी दिएका छन्।

प्रतियोगिता बिहान १० बजेदेखि पोखरा रंगशाला अन्तर्राष्ट्रिय कर्भडहलमा हुनेछ। प्रदेशमा रहेका नयाँ खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र पोखरालाई खेल पर्यटन सहरको रूपमा विकास गर्ने तथ लक्ष्य रहेको प्रतियोगिता संयोजक पोख्रेलले बताएका छन्। प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल र युगल गरी ४ विधामा स्पर्धा हुनेछ।

प्रतियोगिताको पुरुष एकलतर्फ प्रथम हुनेले २० हजार तथा दोस्रो र तेस्रोले समान १०-१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। पुरुष युगलतर्फ प्रथम हुनेले ४० हजार, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार हासिल गर्नेछन्। यस्तै, महिला एकलतर्फ प्रथम हुनेले १५ हजार तथा दोसो र तेस्रोले समान १०-१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। महिला युगलको प्रथम हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ हासिल गर्नेछन्। प्रतियोगिता गर्न करिब ४ लाख ४५ हजार खर्च लाग्ने अनुमान गरिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×