काठमाडौँ - नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत घरेलु टोली गण्डकी प्रदेशले पुरुष ह्याण्डबलको फाइनलमा स्थान बनाएको छ।
गण्डकीले लुम्बिनीलाई ५४-२१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरेका थिए।
अब, गण्डकीले विभागीय आर्मी र सशस्त्रबीचको विजेतासँग स्वर्ण पदकका लागि शनिबार खेल्नेछ।