मनसुनजन्य विपद्का कारण जेठ यता ९७ जनाको मृत्यु

काठमाडौँ - मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ। यस वर्ष १८ जेठबाट नेपालमा मनसुन हो। सो मितियता १८ साउनसम्मको दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का ७ सय १० घटनामा परी ९७ जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

यो अवधिमा चार जना बेपत्ता तथा २ सय १५ घाइते भएको र ८ सय ७० परिवार प्रभावित भएका छन्। यस वर्ष मनसुनजन्य विपद्बाट २० लाख मानिस प्रभावित हुने आङ्कलन गरिएको छ। दुई महिने अवधिमा १ सय ५७ घर पूर्ण रूपमा क्षति हुँदा २ सय ४७ घर आंशिक प्रभावित बन्न पुगेको छ। यो अवधिमा सबैभन्दा बढी ३८ घटना झापा र त्यसपछि २८ घटना सुनसरीमा भएको छ।

कैलाली, अछाम, म्याग्दीमा सबैभन्दा बढी मृत्यु भएको छ। ती जिल्लामा यो अवधिमा पाँच-पाँच जनाको ज्यान गइसकेको छ। त्यस्तै, कञ्चनपुर, तनहुँ, धादिङ र बागलुङमा चार-चार जनाको ज्यान गएको तथ्याङ्क छ। राजधानी दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×