काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) काे चरित्र हत्या गरेकाे भन्दै प्रहरीले महानगरपालिकाका एक कर्मचारीलाई पक्राउ गरेकाे छ । महानगरपालिका अन्तर्गत स्वास्थ्य विभागमा काम गर्ने रामप्रसाद पौडेललाई प्रहरीको साइबर ब्युरोले बिहीबार पक्राउ गरेको हो ।
यसअघि मेयर बालेनले पौडेललाई निलम्बन गरेका थिए । मेयर बालेनको चरित्र हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । हाल जिल्ला अदालतमा पाैडेलविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दा दायर गरिएको छ ।