किसान सूचीकरण गर्दै ताराखोला गाउँपालिका

बागलुङ - बागलुङको ताराखोला गाउँपालिकाले किसानको सूचीकरण थालेको छ। गाउँपालिकाका सबै वडामा शिविर सञ्चालन गरेर गाउँपालिकाले वास्तविक किसानको विवरण लिन थालेको हो। खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ को उपदफा (१) कार्यान्वयनका लागि किसानको सूचीकरण थालिएको हो।

किसानको पहिचान गरी सरकारीस्तरबाट उपलब्ध गराइने सेवा– सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न सूचीकरण थालिएको हो। सबै किसानको पहुँचमा यो अभियान पु¥याउनका लागि वडास्तरमा शिविर सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए।

शिविरमा किसानको आवश्यक विवरण विद्युतीय प्रणालीमार्फत सङ्कलन गरी सूचीकृत गरिने हुँदा हरेकपटक कृषिका कार्यक्रम सञ्चालन गर्दा सहजता हुने कृषि शाखा प्रमुख कर्णखर भट्टराईले बताए। सङ्घ, प्रदेश र स्थानीय तीनै तहको साझेदारीमा  सूचीकरणको काम हुने छ। सूचीकरण शिविर आज वडा नं ५ को धम्सराबाट सुरु भएर यही फागुन २६ गते समापन हुनेछ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×