जापानमा ठूलो सुनामी आउनसक्ने खतराको पूर्वसूचना

काठमाडौँ । जापानको मौसम विज्ञान एजेन्सीले यहाँ सुनामी आउन सक्ने चेतावनीयुक्त सन्देश जारी गरेको छ।

जापानमा शनिबार मध्यरातितिर यो सूचना जारी गरिएको हो। टोंगामा ज्वालामुखी विस्फोट भएको थियो। शनिबार त्यहाँ शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि यहाँ सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरेको हो। दक्षिणी प्यासिफिक टापूको टोंगामा शनिबार विस्फोट भएको ज्वालामुखीपछि जापानको पनि प्यासिफिक क्षेत्रमा यसको खतरा रहेको बताइएको हो। त्यहाँ सुनामी आउनसक्ने भन्दै सामुद्री किनाराका नागरिकलाई उद्धार गरी अन्यत्रै सारिएको छ । साथै यस वरपरका नागरिकलाई सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

जापानको पूर्वी समुंद्री किनारामा सुनामीको संकेत नै देखिइसकेको यससम्बन्धी अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार यहाँको अमामी टापू तथा यस वरपरको समद्री किनारामा पानीको सतह केही माथिसम्म आएको र यसबाट सम्भावित सुनामीको संकेत देखिइसकेको बताइएको छ।
 
जापानको दक्षिणपश्चिमी सामुद्री किनाराहरुमा करिब तीन मिटरसम्मको सुनामी आउनसक्ने सो निकायले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×