आज ५१ दिन मनाउँदै ‘महापुरुष’

काठमाडौँ - हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले आज (शनिबार) ५१ औं दिन मनाउँदैछ। यो छेकोमा निर्माताले फिल्म छायांकनमा ‘शून्य कार्वन तटस्थता’को उपलब्धी सार्वजनिक गर्न कार्यक्रम छ।

अहिले पनि मुलुकका प्रमुख मल्टिप्लेक्समा प्रदर्शन भैरहेको यो फिल्म वर्ष २०७९ मा ५१ दिन सेलिव्रेसन गर्ने ‘कबड्डी ४’पछिको दोस्रो फिल्म हो। षट्कोण आर्टस निर्मित फिल्मले यो अवधिसम्म ११ करोड रुपैयाँ ग्रस हारहारीमा कमाएको छ।

निर्माता म्याक्स दिपेश खत्रीले फिल्मले ५१ दिनसम्म १० करोड ७० लाख रुपैयाँभन्दा बढी कमाइ गरेको जानकारी दिएका छन्। ‘४ सातापछि फिल्मको रफ्तारमा कमी आएको पाइयो। जेहोस्, यो उपलब्धीलाई लिएर हामी सन्तुष्ट छौं’ खत्रीले भने।

सुरुवाती ३ सातासम्म कमाइ आक्रामक देखिएको थियो। काठमाडौँ उपत्यकाका मल्टिप्लेक्समा कमाइ आकर्षक रह्यो। सबै उमेर समूहका दर्शक हल पुगेका थिए। मोफसलका प्रमुख सहरमा समेत फिल्मको कमाइ सुखद रह्यो।

हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्मले एकल प्रौढ पुरुषको एक्लोपन, संघर्ष र मनोविज्ञानको कथा भन्छ। त्यो पात्रको जीवनमा प्रेमको प्रवेशपछि आउने आशावादिता र आत्मविश्वासलाई फिल्मले चित्रण गरेको छ। यसवर्ष ५१ दिन सेलिव्रेसन गरेको अर्को फिल्म ‘कबड्डी ४’ले सो अवधिसम्म २२ करोड ८० लाख ग्रस कमाइ गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×