१२ वर्षे सजायबाट जोगिए सन्दीप !

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषि ठहर गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर गरेको हो । न्यायधीशले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेका छन् ।

तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

पीडित युवती गौशाला २६ ले सन्दीपलाई मुलुकी अपराध संहिताको दफा २१९ (३) ‘घ’ अनुसार सजाय हुनुपर्ने माग गरेकी थिइन् । तर, अदालतले युवतीको सो मागदाबी नपुग्ने बताउँदै भनेको छ, ‘संहिताको दफा २१९ (३) ‘घ’ बमोजिमको कसुर कायम गरी सजाय गरीपाउँ भन्ने अभियोग दाबी सो हदसम्म पुग्न सक्दैन ।’

पीडितले गरेको ‘घ’ अनुसारको दाबी पुगेको भए सन्दीपले १० वर्षदेखि १२ वर्षसम्म जेल बस्नुपर्ने हुन्थ्यो । तर, उनले ‘ङ’ अनुसार ७ देखि १० वर्षसम्म जेल बस्दा पुग्ने भएको छ ।

युवतीले आफ्नो उमेर १८ वर्ष नपुगेको भनेकी थिइन् । तर, अदालतले वारदातको समयमा उनी १८ वर्ष पुगिसकेको ठहर गरेको छ । उनी १८ वर्ष नपुगेको भए उपदफा ३ को (घ) नम्बर आकर्षित हुने थियो र १० देखि १२ वर्षसम्म जेल बस्नुपथ्र्यो । मुलुकी संहिताले कम उमेरसमूहलाई संरक्षण गर्ने उद्देश्यले बढी सजाय तोकेको छ । वालिकामाथि बलात्कार गर्नेलाई कडा सजाय हुने गरेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×