काठमाडौँ। आउँदो माघदेखि हास्यव्यङ्ग्य कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’ प्रसारणमा आउने भएको छ। बुधबार निर्माण कम्पनी थ्रि प्रडक्सन र कि इन्टरटेनमेन्टले एक कार्यक्रमबिच दुवै सिजनका ६ प्रतिस्पर्धीका साथ कार्यक्रम प्रसारण हुने जनाएको हो। कार्यक्रम टेलिभिजनमा नेपाल टेलिभिजनबाट र युट्युबमा ‘थ्री प्रोडक्सन’को च्यानलबाट प्रसारण हुनेछ।
हरेक सोमबार बेलुकी ८ बजेर ५० मिनेटमा प्रसारण हुने कार्यक्रमका मुख्य कलाकार पवन भट्राई, मेक्सम गौडेल,श्रेया सुवेदी, साजन श्रेष्ठ, उमेश राई(फुलन्देकी आमा),सुमन कार्की र कैलाश कार्की रहेका छन्। ‘मुन्द्रेको कमेडी क्लब’को ठाउँमा प्रसारण हुन लागेको कार्यक्रममा कमेडी च्याम्पियन सिजन १ र कमेडी च्याम्पियन सिजन २ का अन्य कलाकारहरुको पनि उपस्थिती रहने जनाइएको छ।