क्यान अध्यक्ष चन्दलाई आईसीसी अवार्ड

काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई लङ सर्भिस अवार्डबाट सम्मानित गरेको छ।

इंग्ल्यान्डको बर्मिङहममा जारी आईसीसीको वार्षिक साधारण सभाबाट चन्दलाई क्रिकेट बोर्डमा लामो समय रहेर सेवा गरेबापत सो अवार्ड दिएको कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिएका छन्।

आईसीसीको वार्षिक साधारण सभामा नेपालको तर्फबाट मल्ल र चन्दले भाग लिएका थिए। उनीहरू ४ साउनमा त्यसतर्फ प्रस्थान गरेका थिए। आईसीसीले हरेक वर्ष क्रिकेट बोर्डमा रहेर काम गर्ने व्यक्तिलाई सम्मानित गर्नेगर्छ।

त्यसैअन्तर्गत आफ्ना १ सय ७ सदस्य राष्ट्रबाट मध्ये विभिन्न सेवामा रहेर काम गरेकोलाई यस अवार्ड दिनेगर्छ। क्रिकेटको विकासमा उनको असाधारण समर्पण र प्रतिबद्धताको कारण आईसीसीले चन्दलाई उक्त अवार्ड प्रदान गरेको बताईएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×