‘प्राकृतिक स्रोतको अत्यधिक दोहन नगरौं’

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन, अविवेकी उपभोग र अव्यवस्थित विकास निर्माणका गतिविधि गर्न नहुनेमा जोड दिएकी छन् ।

विश्व वातावरण दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उनले प्राकृतिक स्रोतका अत्यधिक दोहन र अविवेकी उपयोगले वातावरणमा असामान्य असन्तुलन उत्पन्न भई वायु प्रदूषण, जैविक विविधताको नास, जलवायु परिवर्तन जस्ता सङ्कट भोग्न बाध्य हुनुपरेको वास्तविकता औँल्याएकी छन् ।

सन्देशमा उनले ‘जलवायु परिवर्तनले विश्वव्यापी सङ्कटको स्वरुप ग्रहण गरिरहेको परिवेशमा दिगो परिस्थितिकीय प्रणालीको संरक्षण गर्दै प्रकृति र मानवबीचको अहअस्तित्व कायम राख्न आज नागरिक समाज, निजी क्षेत्र र सबै तहका सरकारहरू जिम्मेवार बन्न जरुरी छ । यसका लागि एकातिर इनार, पोखरी, नदी, ताललगायत पानीका स्रोतहरूको संरक्षण, जमिनमुनिको पानीको दिगो सदुपयोग र पुनःभरण, जैविक खेती प्रणालीको प्रवर्द्धन, विद्युतीय चुलो र सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने हुन्छ भने अर्कोतिर विषादी एवं करेन्ट प्रयोग गरी माछा मार्ने कार्यमा रोक, डढेलो लगाउने प्रवृत्तिमाथि रोक, प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा न्यूनीकरण तथा व्यवस्थापन जस्ता आधारभूत विषयलाई चक्रीय अर्थतन्त्रको सिद्धान्तअनुसार जीवनको अभिन्न अङ्गको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ’, भनेकी छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×