विश्वकप फुटबलमा आज पनि चार खेल

काठमाडौँ - कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदै छन्। आज समूह ‘जी’ र ‘एच’ का समान २ खेल हुन लागेका हुन्।

आज हुने पहिलो खेलमा स्विट्जरल्यान्ड र क्यामरुन प्रतिस्पर्धा गर्नेछन्। यी दुईबीचको खेल नेपाली सययअनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ। समूह ‘जी’ मा रहेका  स्विट्जरल्याण्ड र क्यामरुन अल जनुब स्टेडियममा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन्।

समूह ‘जी’ अन्तर्गतकै अर्को खेलमा उपाधि दाबेदार ब्राजिलले सर्बियाको सामना गर्नेछ। दुवै टाेली राति १२:४५ बजे लुसेल स्टेडियममा सुरू हुने खेलमा जित हात पार्दै विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।

साँझ ६ः४५ मा समूह ‘एच’अन्तर्गत हुने खेलमा उरूग्वेले दक्षिण काेरियाकाे सामना गर्द‌ैछ। एजुकेसन सिटी स्टेडियममा दुवै टाेली जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन्।

राति ९:४५ बजे हुने समूह ‘एच’ कै अर्को खेलमा पाेर्चुगल र घाना आमनेसामने हुँदैछन्। दुवै टाेली स्टेडियम ९७४ मा जित निकाल्दै प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×