आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल सरकारले लागू गरेको ‘एकीकृत सुरक्षा योजना २०८२’ अनुसार सशस्त्र प्रहरी बलले विस्तृत परिचालन नीति सार्वजनिक गरेको छ।
सशस्त्र प्रहरी बलका अनुसार निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन स्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोगसहित व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ।
सशस्त्र प्रहरी दोस्रो सुरक्षा घेरामा रहनेछ।
अतिसंवेदनशील, संवेदनशील र सामान्य सबै निर्वाचन क्षेत्रमा नियुक्ति।
अन्य सुरक्षानिकायसँग घनिष्ठ समन्वयमा परिचालन।
निर्वाचनमा खटिने सबै जनशक्तिलाई विशेष सुरक्षा तालिम।
प्रधान कार्यालयदेखि बाहिनी, गण/गुल्मसम्म निर्वाचन सेल गठन।
मोबाइल, स्ट्राइकिङ, क्यूआरटी/रिजर्भ टोली सञ्चालन।
निर्वाचन क्षेत्र सुरक्षा वेस, कमाण्ड पोष्ट, JEOC, कार्यालय सुरक्षा आदि स्थानमा तैनाथी।
क्यूआरटी टोलीलाई तत्काल आवश्यक परे हेलिकोप्टरमार्फत हेली–लिफ्ट गर्न सकिने व्यवस्था।
सीमा क्षेत्रमा समकक्षी सुरक्षानिकायसँग सहकार्य।
निर्वाचन विरोधी गतिविधि रोक्न सूचना संकलन र योजनाबद्ध परिचालन।
भौगोलिक विकटता, यातायात समस्या वा स्थानीय आवश्यकताअनुरूप बाहिनीले योजना परिमार्जन गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार यी सबै व्यवस्था र तयारीसँगै निर्वाचन सुरक्षित, व्यवस्थित र त्रुटिरहित बनाउन उनीहरू पूर्ण तयार छन्।