कास्की - कास्कीको म्याग्दे गाउँपालिकाले मगर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गााउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने जनाइएको छ।
मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताइन्। गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास छ। गाउँपालिकामा मात्रै सात हजारभन्दा बढी मगर समुदायको बसोबास छ। जिल्लाका स्थानीय तहले बिभिन्न पर्व र अवसरमा सार्वजनिक बिदा दिँदै आएका छन्।