बुढाथोकीको ‘बाउ’ उपन्यास विमोचन

काठमाडौँ - संखुवासभाका साहित्यकार एवं शिक्षक ताराबहादुर बुढाथोकीको ‘बाउ’ नामक उपन्यास विमोचन भएको छ।

शनिबार बुढाथोकीको आख्यान कृति ‘बाउ’ नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा प्रतिष्ठानमा उपकुलपति डाक्टर जगमान गुरुङले विमोचन गरेका थिए।

प्रमुख अतिथि गुरुङले बुढाथोकीको ‘बाउ’ उपन्यासमार्फत संखुवासभा र त्यस आसपासको संस्कृति र इतिहासलाई सुन्दर ढंगले पस्किएको बताएका छन्। कार्यक्रममा बुढाथोकीको कृति बाउको विषयमा डा.अम्बिका अर्याल, प्रा.डा. झमक शर्मा, प्रा.डा. हेमचन्द्र शर्मा र प्राज्ञ लक्ष्मी मालीले टिप्पणी गरेका थिए।

कृतिकार बुढाथोकीले आफूले ६ महिनाकै उमेरमा आमा गुमाएको भन्दै आमा र बुबा दुवैबाट पाउने माया र अभिभावकत्व बाबुबाट पाएको बताउनुभयो। पेशाले माध्यमिक द्धितिय तहको शिक्षक रहेका बुढाथोकीको ‘बाउ’ आठौं तथा उपन्यासमा दोस्रो कृति हो। नेपाल सरकारबाट २०७४ सालमा राष्ट्रिय प्रतिभा पुरस्कारसमेत प्राप्त गरिसकेका बुढाथोकी मकालु साहित्यिक समाज संखुवासभाका अध्यक्षसमेत हुन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×