दुर्घटनामा परेको जहाजका क्याप्टेनको घाइते अवस्थामा उद्धार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ ।

३७ वर्षीय क्याप्टेन मनिष शाक्यको उद्धार गरिएको हो । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको छ ।

प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् ।

चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न तीनवटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । अहिले आगो नियन्त्रणमा आइसकेको र उद्धार कार्य जारी रहेको छ ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जनायो ।

उद्धारको काम नसकिएसम्म विमानस्थल खुल्ने छैन ।

आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×