काठमाडौँ - पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिकाको पाखापानीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा१ख १२८६ नंको टिप्परले आज बिहान एक साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिकाका अन्दाजी ४० वर्षीया डिला पौडेल रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिइसकेको भए पनि चालक भने फरार रहेको प्रहरीले बताएको छ।