काठमाडौँ महानगरका चर्चित स्वतन्त्र उमेद्वार बालेनको चुनाव चिन्ह 'लौरो'

काठमाडौँ - काठमाडौँ महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले लौरो चिन्ह पाएका छन्। निर्वाचन आयोगले शनिबार दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह दिएको छ।

दलहरुले भने आआफ्नै चुनाव चिन्ह पाएका छन्। त्यस्तै अन्य स्वतन्त्र उम्मेदवारहरुलाई भने फरक-फरक चुनाव चिन्ह दिइएको निर्वाचन आयोगले जनाएको छ।

यससँगै बालेनले आफ्नो सामाजिक संजालमा "चुनाब चिन्ह " लौरो " बा आमा लाई टेकाउन मिल्ने, भ्रस्टाचारी लाई सेकाउन मिल्ने" भन्दै आफ्नो चुनाव चिन्ह सहितको तस्वीर सार्वजनिक गरेका छन्। 


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×