काठमाडाैँ - प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले सर्जियो अग्युरोको सालिक स्थापना गरेको छ। सिटीले पूर्व स्ट्राइरको सम्मानमा घरेलु मैदान इतिहादमा सालिक स्थापना गरेको हो।
यसअघि सिटीले भिन्सेन्ट कोम्पनी र डेभिड सिल्भाको सालिक स्थापना गरेको थियो । सिटीमा १० वर्ष बिताएर अग्युरो स्पेन आएका थिए। अग्युरोले सिटीका लागि ३ सय ९० खेलमा २ सय ६० गोल गरेका छन्।