गठबन्धनका उम्मेदवार जिताउन एकीकृत समाजवादीको निर्देशन

काठमाडौं - नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन दिएको छ ।

बुधबार बसेको पार्टी सचिवालयको बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलका उम्मेदारलाई विजय गराउन पार्टी पंक्तिलाई निर्देशन दिएको हो ।

उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टी पंक्ति परिचालन गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै बैठकले पार्टीको विधान संशोधनबारे सुझाव संकलनका लागि मस्यौदालाई प्रदेश, जिल्ला कमिटीमा पठाइएको र सुझाव आएपछि विधान मस्यौदालाई अन्तिम रूप दिइने निर्णय गरेको छ । सबैबाट आएको सुझावलाई समेट्दै माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकमा छलफल हुने खतिवडाले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×